free website hit counter

अनि कसरी जोगिन्छ जनताको स्वास्थ्य

beemaadmin
२०७६ पुष ५, शनिबार

काठमाडौं । स्थलगत रुपमै खाद्य सामग्रीको गुणस्तर परीक्षण गर्नका निम्ति पहिलो पटक प्रविधियुक्त खाद्य तथा गुण नियन्त्रण विभागले भित्र्याएको मोबाइल ल्याब भ्यान प्रयोग नै नभई कार्यालयको प्राङ्गणमा थन्किएको छ । गत असार महिनामै चारवटा मोबाइल ल्याब भ्यान विभागको जिम्मामा आएपछि खाद्य गुणस्तर परीक्षणमा सहजता आउने, उपभोक्ताहरुले अखाद्य वस्तुहरुको उपयोग गर्न नपर्ने अवस्था सिर्जना हुँदै जाने र खाद्य बजार पनि नियन्त्रणमा आउने विश्वास गरिएको थियो ।

प्रधानमन्त्री कृषि आयोजना कार्यालयले आफ्नो बजेटबाट दुईवटा मोबाइल ल्याब भ्यान खरिद गरेर विभागलाई हस्तान्तरण गरेको थियो भने विभागको आफ्नै बजेटबाट थप दुईवटा भ्यान खरिद गरिएको थियो । करिब २८ करोडको लगानीमा चारवटा मोबाइल भ्यान खरिद गरिएकोमा खरिद प्रक्रिया नै त्रुटिपूर्ण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अगाडि बढाएको थियो । छानविनपछि खरिद प्रक्रियामा त्रुटी भएको निश्कर्ष निकाल्दै अख्तियारले विशेष अदालतमा विभागका तत्कालिन महानिर्देशक सञ्जिव कर्णलगायत विभागका १३ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि घटनाले अर्को मोड लिन पुगेको थियो ।

 

विशेष अदालतमा मुद्दा दर्ता भएपछि चारवटा भ्यान अहिले विभागले प्रयोग नै नगरी विभाग परिसरको खुला चौरमा राखिएको छ । घाम–पानी सहेर बसिरहेका भ्यानका चक्काहरु दुबो र झारपातमा डुबिसकेका छन् । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अदालतमा भ्यान खरिद प्रक्रिया सन्दर्भमा मुद्दा विचाराधिन रहेको अवस्थामा मुद्दालाई प्रतिकूल असर पर्ने गरी उक्त भ्यानहरु प्रयोगमा नल्याएको बताउनुभयो । उहाँले भ्यान खरिद गर्दा केही रकम सप्लायर्सलाई दिन बाँकी रहेको र मुद्दाको टुंगो लागेपछि मात्रै भ्यान प्रयोग ल्याउने या नल्याउने भन्ने बारेमा निक्र्यौल हुने बताउनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार