free website hit counter

अनुज अग्रवालले लिए शपथ

beemaadmin
२०७६ पुष ३, बिहीबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका व्यवसायी अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंकको प्रथम वार्षिक साधारणसभाबाट नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित इन्फ्रास्ट्रक्चर बैंक संचालक समितिको अध्यक्षमा अग्रवाल चुनिएका थिए । शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिला समेतको उपस्थिती रहेको थियो ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक चन्द्रप्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वरबन्धु गौतमको उपस्थिती रहेको थियो ।
बैंकको संचालक समितिमा रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित भएका हुन् भने अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार