free website hit counter

अनुपमा बेष्ट वुमन म्यानेजर

beemaadmin
२०७६ माघ २५, शनिबार

काठमाडौं । नेपाल व्यवस्थापन संघको ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका क्रममा संघले मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको हो । संघले राजधानीको होटल याक एण्ड यतिमा उक्त सम्मेलन आयोजना गरेको थियो । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले खुञ्जेलीलाई सो अवार्ड प्रदान गरेका हुन् । बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ । सोही कार्यसम्पादनका आधारमा खुञ्जेलीलाई त्यस्तो सम्मान गरिएको हो । उनी आएलगत्तै बैंकले टुरिजम डेभलपमेन्ट बैंक एक्वायर गरेको थियो भने अहिले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने प्रक्रिया चलिरहेको छ । उनी मेगा बैंकमा संस्थापनादेखि नै क्रियाशील रहँदै आएकी छिन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार