free website hit counter

अनुभवका लागि साथीका बुवाको हत्या ?

beemaadmin
२०७७ चैत्र १७, मंगलवार

एजेन्सी । जीवनमा अनेक कुराको अनुभव गर्ने इच्छा हुनु स्वाभाविक हो । तर मान्छे मार्ने अनुभव लिन कोही कसैले हत्या गर्न थाल्यो भने अवस्था के होला ? १९ वर्षका एक किशोरले मान्छे मार्दा आफूलाई कस्तो महसुस हुँदो रहेछ भनेर जान्नको लागि आफ्नै साथीको हत्या गरेका छन् । यी किशोरले मृतकलाई २५ पटक छुरा हानेको बताइएको छ ।

युक्रेनको राजधानी किभनजिकै भएको यो घटनामा ती किशोरको पहिचान भने खुलाइएको छैन । किशोर साथीको घरमा अगाडिको ढोकाबाटै छिरेको र अप्रत्याशित रुपमा पितामाथि आक्रमण गरेको पुलिसले बताएको छ । द सनमा प्रकाशित रिपोर्टअनुसार ४७ वर्षया पीडितले चिच्याएको सुनेपछि उनकी पत्नी दौडिँदै घटनास्थल पुग्दा आरोपी किशोर पीडितको शरीरमाथि चढेका थिए र हिंस्रक तरिकाले पीडितको छातीमा चक्कुले प्रहार गरिरहेका थिए ।

\आफूले हत्या गरिरहेको अरुले देखेको थाहा पाएपछि ती किशोर भागेका थिए । महिलाले पुलिस र एम्बुलेन्सलाई फोन गरेपछि पतिका घाउबाट रगत बग्न रोक्न पट्टि बाँध्ने प्रयास पनि गरेकी थिइन् । तर, स्वास्थ्यकर्मीहरु आउँदासम्म उनको मृत्यु भयो । पुलिसले आरोपीलाई हत्याको २ दिनपछि बिहीबार पक्राउ गरेको छ । पुलिसलाई दिएको बयानमा उनले आफूले हत्या गरेको स्वीकार गरेका छन् ।

उनले पुलिसलाई आफूले आफ्नै रहरले साथीका पितालाई मारेको बताएका छन् । ‘म जान्न चाहन्थें कि मान्छे मार्दा कस्तो हुन्छ र म मान्छे मार्न सक्छु कि सक्दिन’ पुलिसले जारी गरेको भिडियोमा उनले भनेका छन् ‘मान्छे मार्दै गर्दा र मारिसकेपछि कस्तो महसुस हुन्छ भन्ने जान्न चाहन्थें ।’ मान्छे मार्दै गर्दा र मारिसकेपछि कस्तो महसुस भयो भन्ने प्रश्नको जवाफमा उनले केही भएन भनेका छन् ।

उनले आफूलाई पीडितका छोरा तथा आफ्ना सागीले नै आफ्ना पितालाई मार्ने काम दिएको बताएका छन् । पीडितका छोराले आफ्ना मातापितासँगको तनावपूर्ण सम्बन्धका कारण आफूले साथीलाई मातापिता दुवैलाई मार्न सुपारी दिएको बताएका छन् । मातापिताले आफूलाई आफ्नी गर्लफ्रेण्डसँग घरमा बस्न नदिएकोले उनले दुवैको हत्याको सुपारी दिएको उनले बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार