free website hit counter

अपराधमा संलग्नलाई अमेरिकामा देश निकाला गर्न ग्रिनकार्डले नरोक्ने

beemaadmin
२०७७ बैशाख १३, शनिबार

एजेन्सी । स्थायी रुपमा नै अमेरिकामा बस्दै आए पनि अपराधमा संलग्न भएको पाइए त्यता आप्रवासीलाई देश निकाला गर्न सक्ने तल्लो अदालतको आदेशलाई अमेरिकी सर्बोच्च अदालतले पनि सदर गरेको छ । अमेरिकी सर्बोच्च अदालतका ९ न्यायाधीशहरुमध्ये ५ जनाले धेरै अपराधमा संलग्न ग्रीनकार्डवाहकलाई देशनिकाला गर्न सकिने प्रावधानलाई सदर गरेका हुन् । अदालतले धेरै अपराधमा संलग्न भएर सन् २०१६ मा जर्जियामा देशनिकाला भएका तर अमेरिकामा ग्रीनकार्ड लिएर बस्दै आएका ४२ वर्षीय आन्द्रे मार्टेलो बार्टोनको मुद्धामा यस्तो फैसला गरेको हो । देशनिकालामा परेका बार्टोनले हातहतियार, लागु औषध, आक्रमण लगायतका अपराध गरेका थिए । अमेरिकी ग्रीनकार्डवाहक उनले देशनिकाला रद्द गराउन माग गर्दै अदालतमा आवेदन दिएका थिए । तर अदालतले उनको पक्षमा फैसला नगरेपछि अप्ठेरोमा परेका छन् । अदालतको उक्त फैसलासँगै अमेरिकामा बसोबास गर्दै आएका १ करोड ३० लाखभन्दा बढी आप्रवासीमध्ये हजारौँ मानिसहरु कुनै न कुनै रुपमा प्रभावित हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार