free website hit counter

अपर तामाकोशीको नोक्सानी बढ्यो

beemaadmin
२०७९ माघ २९, आईतवार

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। विद्युत बिक्री आम्दानी र सञ्चालन आम्दानी बढेपनि वित्तीय लागत बढ्दा कम्पनीको नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३६.७१ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ४८.८५ प्रतिशत बढेको छ। त्यसैगरी। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ६५.५२ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ रुपैयाँ ५८ पैसा ऋणात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६२ रुपैयाँ ३८ पैसा रहेको छ। १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

हिमालयन एभरेष्टलाई फुट्सलको उपाधि

beemaadmin
२०८२ बैशाख १०, बुधबार

नेपाल लाइफले ग¥यो भावी रणनीति तय

beemaadmin
२०८२ बैशाख १०, बुधबार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार