free website hit counter

अपर सोलु हाइड्रोले पायो आईपीओ निष्काशनको अनुमति

beemaadmin
२०७९ बैशाख ८, बिहीबार

काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले प्रतिशेयर रु। १०० अंकित दरका ३३ करोड ७ लाख ५० हजार रुपियाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो । सेबोनले वैशाख ७ गते उक्त कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।आईपीओ निष्काशनका लागि एमएमबि क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी शुरु गरेको छ ।

सम्बन्धित समाचार