free website hit counter

अपाङ्गताको पीडा चित्रमा

beemaadmin
२०७६ मंसिर २१, शनिबार

काठमाडौं । समाजमा हुने गरेको अपाङ्गताप्रतिको विभेद, समावेशिता र सृजनशीलतालाई चित्रकला मार्फत उजागर गर्न ‘सृजनशील पंखेटाहरु’ शीर्षकको चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा ती चित्र प्रदर्शनमा राखिएको छ ।
२८ औैं विश्व अपाङगता दिवसको अवसरमा गरिएको सो कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गरेका थिए ।
उक्त कार्यक्रममा मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भताको लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रदर्शनीमा थुप्रै पेन्टिङहरु राखिएका छन् । जसमा अपाङ्गता भएका १ व्यक्तिहरुले तयार पारेका चित्रहरु हुन् । उनीहरुले बनाएको चित्रमा समाजमा हुने गरेको अपाङगताप्रतिको विभेद, समावेशिता र सृजनशीलतालाई चित्रकला मार्फत उजार गरिएको छ । अन्य सवलाङ्ग कलाकारहरुले समेत सो प्रदर्शनीमा आ–आफ्ना कलाकृतिहरु प्रदर्शन गरेर साथ दिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार