free website hit counter

अपाङ्गताको पीडा चित्रमा

beemaadmin
२०७६ मंसिर २१, शनिबार

काठमाडौं । समाजमा हुने गरेको अपाङ्गताप्रतिको विभेद, समावेशिता र सृजनशीलतालाई चित्रकला मार्फत उजागर गर्न ‘सृजनशील पंखेटाहरु’ शीर्षकको चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी कक्षमा ती चित्र प्रदर्शनमा राखिएको छ ।
२८ औैं विश्व अपाङगता दिवसको अवसरमा गरिएको सो कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गरेका थिए ।
उक्त कार्यक्रममा मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भताको लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रदर्शनीमा थुप्रै पेन्टिङहरु राखिएका छन् । जसमा अपाङ्गता भएका १ व्यक्तिहरुले तयार पारेका चित्रहरु हुन् । उनीहरुले बनाएको चित्रमा समाजमा हुने गरेको अपाङगताप्रतिको विभेद, समावेशिता र सृजनशीलतालाई चित्रकला मार्फत उजार गरिएको छ । अन्य सवलाङ्ग कलाकारहरुले समेत सो प्रदर्शनीमा आ–आफ्ना कलाकृतिहरु प्रदर्शन गरेर साथ दिएका छन् ।

सम्बन्धित समाचार