free website hit counter

अपि पावरको नाफामा देखियो चमत्कार

beemaadmin
२०८१ माघ २७, आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अपि पावर कम्पनी लिमिटेडको नाफामा चामत्कारिक वृद्धि देखिएको छ । कम्पनीले पुस मसान्तसम्म ३१ करोड १६ लाख ८८ हजार रुपियाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४ हजार ४४१ प्रतिशत बढी हो । गत आवमा कम्पनीले जम्मा २१ लाख ४३ हजार रुपियाँ नाफा कमाएको थियो । त्यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३८।३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ६२ करोड ६६ हजार रुपियाँ आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा ७१ करोड छ, जुन गत आवको सोही अवधिमा ५३ करोड १८ लाख रुपियाँ थियो । ६ अर्ब ७ करोड ५९ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा भने ५५ करोड ७६ लाख रुपियाँ सञ्चित छ । यस अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी २.७५ रुपियाँबाट बढेर १०.२६ रुपियाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ र प्रतिशेयर नेटवर्थ १०९.१८ रुपियाँ रहेको छ ।

सम्बन्धित समाचार