free website hit counter

अपि पावरको नाफा र आम्दानीमा उल्लेख्य सुधार

beemaadmin
२०८१ कार्तिक १२, सोमबार

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री÷वितरण खर्च ४ करोड २६ लाख, ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ५ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपेयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । अघिल्लो आवमा ०.२९ रुपैयाँले ऋणात्मक रहेको ईपीएस १२.५६ रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८३ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार