free website hit counter

अबको १५ दिन के के खुल्छ ? के खुल्दैन ? 

beemaadmin
२०७७ श्रावण २३, शुक्रबार

 

काठमाडौं । कोरोना संक्रमणले राजधानीलाई निशाना बनाएपछि राजधानी १५ दिनका लागि सेमी लकडाउन हुने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द  गर्ने निर्णय गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेका हुन् हुन्। सबै सेवा सञ्चालन गर्दा कार्यालयमा सेवाग्राहीको अत्यधिक भिड लागेकोले १५ दिनका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ । कोरोनाको जोखिम हेरेर लकडाउन गर्ने या अन्य कुनै सुरक्षाको उपाय अपनाउने भन्ने अधिकार सिडिओलाई दिएबमोजिम तीन जिल्लाका सिडिओ सहितको भेलाले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार प्रशासन कार्यालयबाट प्राप्त हुने नयाँ नेपाली नागरिकता र प्रतिलिपि नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्तारपत्रपत्रिका दर्ताका साथै नवीकरण, निजी सुरक्षा कम्पनी दर्ता नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा बन्द हुनेछन् ।

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने सञ्चालन गर्ने निर्णय भएको छ । शुक्रबार नै बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा कोरोना धेरै देखिएका ठाउँमा सिल गर्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार