free website hit counter

अब जनस्तरमा मात्रै सीमित रहेन प्रेम दिवस

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । युवाहरुमा नेपाली संस्कृतिप्रतिको चासो हराउँदै गएको छ । विदेशी संस्कृतिलाई सहजै अंगाल्ने युवा पुस्ता आफ्नो संस्कृतिसँग भने परिचित हुन सकेको छैन । आज फेब्रुअरी १४ तारिख अर्थात् विश्व प्रेम दिवस । आज विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्ष यता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन्। विल यु बी माई भ्यालेन्टाइन आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन्। प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन्।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ। युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्। भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ।

प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ। माग बढेकाले गत वर्षको तुलनामा गुलाबको मूल्य बढेको कारण धेरै परिमाणमा फूल आयात गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो। उहाँले यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन हुने बताउनुभयो। एसोसिएसनका अनुसार गुलाब फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले यस वर्ष मूल्य वृद्धि हुनेछ। गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्ताले यस वर्ष बढीमा सय रुपियाँसम्म तिर्नुपर्ने छ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो। सैनिकले नारीसंगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। झुण्ड्याउनु भन्दा केही दिनअघि ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।

नेपालमा युवा पुस्ताले प्रेम दिवसलाई अंगाल्न थालेको दुई दशकभन्दा बढी समय बितिसकेको छ । अहिले नेपाली समाजमा सबैलाई प्रेम दिवसले छोईसकेको छ । सरकारका कार्यकारी प्रमुखदेखि लिएर राजनीतिक व्यक्तित्व तथा समाजका सबै तह र तप्काका व्यक्तिहरुले आज सामाजिक सञ्जालमार्फत् प्रेम दिवसको शुभकामना साटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीमती राधिका शाक्यबीचको प्रेम गुलाफ आदानप्रदान गर्दै सार्वजनिक भएको छ ।

यसैगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरल र श्रीमती सुजाता शाक्यले पनि सामाजिक सञ्जालमार्फत् शुभाकाना आदानप्रदान गर्न भ्याइसकेका छन् ।

यसैगरी कलाकार सीताराम कट्टेलले प्रेम दिवसको शुभकामना दिँदै लेखेका छन्, हरेक पल तिम्रो आगमनले एउटा अनौठो आभाष दिन्छ । हिजोदेखी आजसम्म तिमिसंग जिएको हरेक समय मेरो प्रिय समय बनेको छ । मेरो हरेक समयलाई प्रिय बनाउने तिमि, मेरो हरेक सपनामा साक्षतकार गर्ने मनकी रानी, तिमिसंग अझै धेरै सपनाहरु बुन्नु छ, रहरहरु पुरा गर्नुछ अनि जीन्दगीका अनेकौं गोरेटोहरु संगैं पुरा गर्नुछ । तिमिलाई धेरै माया अनि ुभ्यालेन्टाईन डेु को अपार शुभकामना ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार