free website hit counter

अब बच्च जन्माउन अमेरिका जानेहरुलाई कडाई

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । अमेरिकालाई स्वर्ग देख्नेहरुलाई दुःखी बनाउने समाचार छ । अमेरिकाले ‘बर्थ टुरिजम’ (जन्म पर्यटन) लाई अब रोक्ने नीति ल्याउने भएको छ । यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको थियो । अब भने अमेरिकी विदेश मन्त्रालयले त्यसो हुन नदिने नीनि अख्तियार गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतीले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडाई गर्ने भएको छ ।

यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । अमेरिकी करदाताको रकम दुरुपयोग नहोस् भन्ने अमेरिकी चाहना रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो सम्बन्धी अमेरिकी नीतिको विगतमा आलोचना गर्दै आएका थिए । सन् २०१७ मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८ सय रहेको थियो । २०१६ र २०१७ को बीचमा ३३ हजार बच्चा अस्थायी पर्यटकका रुपमा अमेरिकामा जन्मिएको बताइन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार