free website hit counter

अब बैंकले बार्षिक प्रतिवेदनमा चन्दा पनि खुलाउनु पर्ने

beemaadmin
२०७६ भाद्र ३०, सोमबार

काठमाडौं । बार्षिक प्रतिवेदनमा शेयरधनीको विवरण दिन छाडेका बैंकहरुले अब भने अनिवार्ण रुपमा विवरण दिनु पर्ने भएको छ। नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यान्वयनमा आएपछि यस्तो बाध्यता बैंकहरुलाई आएको हो ।

राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा माथि शेयर हुनेहरुको विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले कर्मचारीको तालिममा भएको खर्चदेखि पत्रपत्रिकामा गएको पैसा पनि खुलाउन निर्देशन दिएको छ। निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले तालिका बनाएर नै विवरणहरु खुलाउनु पर्ने छ। बिल्डिङ, यातायात साधन, बीमा, विज्ञापन, चन्दा, सुरक्षा खर्चदेखि मनोरञ्जन खर्च पनि देखाउनु पर्ने भएको छ। सामाजिक उत्तरदायित्व कोष, कर्मचारी तालिम कोष, विदेशी बिनियम उतारचढाव कोषको रकम पनि खुलाउनु पर्ने छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार