free website hit counter

अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ आश्विन १, शनिबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर शाखाले कम्पनीका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले अभिकर्ताको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । बरिष्ठ एजेन्सी म्यानेजर बिमल कुमार ढुंगानाको संयोजनमा प्रमुख अथिति कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, अथितिहरुमा कम्पनी सचिव बिनोद कुमार भुजेल र क्षेत्रीय प्रबन्धक प्रकाश धिताल उपस्थित कार्यक्रममा कम्पनीको सीइओ पराजुली, बरिष्ठ प्रबन्धक भुजेल र अभिकर्ता तालिम शाखा प्रमुख रोजेश बस्नेतले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेश करिब दुई सय एजेन्सी म्यानेजर र अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश बाट काम गर्ने उत्कृस्ट २५ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर बिमल प्रसाद ढुंगानाले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार