free website hit counter

अभिकर्तासँग कर्जा भुक्तानीमा समिति लचिलो

beemaadmin
२०७८ जेष्ठ २४, सोमबार

काठमाडौं । नियामक निकाय बीमा समितिले अभिकर्तालाई कर्जा भुक्तानीमा समय थप गर्ने भएको छ । यसअघि तोकिएको समय सीमा सकिनै लाग्दा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै कर्जा भुक्तानी गर्ने समय थप गर्ने सम्बन्धमा योजना पेश गर्न निर्देशन दिएको छ। समितिले गत बैशाख २ गते असार मसान्तभित्र सबै कर्जा भुक्तानी गर्न निर्देशन दिएको थियो । तर कम्पनीहरुसँगको औपचारीक र अनौपचारीक छलफलमा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने निकर्ष पछि समितिले आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको हो । त्यस अनुसार समितिले कम्पनीबाट प्रवाह भएको नगद कर्जाहरु मध्ये कुन कर्जा कति समयमा फछर्यौट हुने हो, त्यस अवधी भित्र फछर्यौट गर्ने व्यवस्था मिलाएर जानकारी गराउने समितिले निर्देशन दिएको छ । यससंगै अभिकर्ताहरुले असार मसान्त भित्रै कर्जा भुक्तानी गर्नुपर्ने बाध्यत्मक अवस्था नहुने भएको छ ।

सम्बन्धित समाचार

भीष्मका नाममा काँग्रेसले जुटायो सहमति

beemaadmin
२०८३ बैशाख १४, सोमबार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार