free website hit counter

अमेरिकाबाट अष्ट्रलिया पुगेर गर्लफ्रेण्डकी साथीलाई बलात्कार

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

सिड्नी । गर्लफ्रेण्डकी साथीलाई बलात्कालर गरेको अभियोगमा अष्ट्रेलियामा नेपाली युवामाथि सुनुवाई शुरु भएकोछ । गर्लफ्रेण्ड भेट्न अस्ट्रेलियाको सिड्नी आइपुगेका एक नेपालीले त्यहाँ गर्लफ्रेण्डकै रुम पार्टनरलाई रक्सी खुवाएर बलात्कार गरेको अभियोगमा अदालतमा सुनुवाइ सुरु भएको छ । ३६ वर्षका नेपाली बलराम शिवमाथि २०१७ को जून १३ मा आफ्नी गर्लफ्रेण्डसँग एउटै कोठामा बस्ने १९ वर्षकी विदेशी युवतीलाई बलात्कार गरेको आरोप छ । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

बलराम अमेरिकामा बस्दै आएका थिए र घटनाको एक हप्ता अघि अस्ट्रेलिया गएर गर्लफ्रेण्डसँग बस्दै आएका थिए । पहिल्यै रेकर्ड गरिएको बयान सोमबार अदालतमा देखाइएको थियो जसमा पीडित युवतीले आफूले आफ्नी रुम पार्टनरलाई उनको ब्वाइफ्रेण्डलाई स्वागत गर्नको लागि केक किन्न सहयोग गरेको बताइन् । त्यो दिन उनले बलरामसँग केही समय बिताएको पनि उनले बताएकी छिन् ।

गर्लफ्रेण्ड नभएको बेला आएका बलरामले मदिराको बोतल बोकेर आएका थिए र पीडित युवती र अर्की एक साथीलाई आफूसँगै मदिरा पिउन आग्रह गरे । दुवै युवतीले उनको आग्रह स्वीकार गरे । तीन जनाले पहिलो बोतल सकेपछि बलरामले अर्को बोतल किनेर ल्याउन प्रस्ताव गरे । दुवै युवतीले यो प्रस्ताव पनि स्वीकार गरे । यी घटनाक्रमको क्रममा दुवै युवती मदिराले निकै मातिसकेका थिए । (डीसी नेपालबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार