free website hit counter

अमेरिकामा तीन दिनमै दोब्बर कोराना संक्रमण

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

एजेन्सी । अहिले अविकसित मुलुक मात्रै होइन विकसित र आफूलाई विज्ञान प्रविधिका हिसावले सबल मानिएका मुलुकलाई समेत कोरानाको संक्रमणले ग्रस्त बताएको छ । चीनबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटाली, अमेरिका जस्ता मुलुकमा संक्रमण दर उच्च देखिएको छ । अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ ।अघिल्लो आइतबार अर्थात तीन दिन अघिको भन्दा यो संख्या दोब्बर हो । प्रकोपकै कारण अमेरिकामा ३१ को मृत्यु भइसकेको छ । देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ २७३ संक्रमित र २४ को मृत्यु भएको तथ्याकं आएको छ । सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्युयोर्क छन् । न्यूयोर्क राज्यमा १७३लाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ । त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार