free website hit counter

अमेरिकामा १२ वर्षकी बालिकालाई यौन सम्बन्धका लागि फकाउने लामा परे फन्दामा

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

न्यूयोर्क । सामाजिक मर्यादा, अनुशासनमा बस्न सकेन भने मान्छे नराम्रोसँग फस्न सक्छ । अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले १२ वर्षकी बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा दोषी ठहर भएका छन् । अमेरिकाको न्याय विभागका अनुसार ३२ वर्षका संजय लामा दोषी ठहर भएका हुन् । फ्लोरिडाको ज्याक्सनभिले बस्ने उनलाई कम्तीमा १० वर्षदेखि आजीवन जेल सजायसम्म हुनसक्ने विभागले जनाएको छ । लामालाई २०१९ को सेप्टेम्बर २५ मा ज्याक्सनभिलेबाट पक्राउ गरिएको थियो ।

त्यसपछि अहिलेसम्म उनी जेलमै थिए । उनलाई आउँदो जुलाइ १९ मा सजाय सुनाउनको लागि अर्को सुनुवाइ तोकिएको छ । नेपाली नागरिक लामा घटनाको समयमा ज्याक्सनभिलेमा कानुनी रुपमा बस्थे र स्थानीय कम्पनीमा सूचना प्रविधि विशेषज्ञको रुपमा काम गर्थे । अदालतमा पेश गरिएका प्रमाणअनुसार अनलाइनमा १२ वर्षकी गर्भवती बालिकाको रुपमा देखिएका अण्डरकभर एफबीआइ एजेन्टसँग लामाले सम्पर्क गरेका थिए ।

अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौन सम्बनधका लागि भेट्न फकाएका थिए जबकि अनलाइनमा बालिकाको रुपमा कुरा गर्ने व्यक्ति वास्तवमा एफबीआइ एजेन्ट थिए । लामाले ती बालिकालाई यौन सम्बन्धका लागि भेट्ने इच्छा जनाउँदै १६० वटा टेक्स्ट म्यासेज पठाएका थिए । उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए ।

त्यस दिन दिउँसो उनी डाउनटाउन ज्याक्सनभिलेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट निस्केर मोटरसाइकलमा बालिकासँग भेट्न निर्धारित स्थानमा पुगेका थिए । उनले ती बालिकालाई नजिकै रहेको आफ्नो फ्ल्याटमा लैजाने योजना बनाएका थिए । जब लामा भेट्न निर्धारित ठाउँमा पुगे त्यहाँ एफबीआइ एजेन्ट पनि पुगे । त्यतिबेलासम्म पनि लामाले ती बालिकासँग फोनबाट म्यासेजमा कुरा गरिरहेका थिए ।

सम्बन्धित समाचार