free website hit counter

अमेरिकाले कोराना फैलाएको चीनको आरोप

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

एजेन्सी । विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरस कसरी उत्तपत्ति भयो के यो मानव निर्मित भाइरस मानिसकै नियन्त्रण बाहिर गएको छ होइन भन्ने आशंका आम जनमानसमा उठिरहेको छ भने शक्ति राष्ट्रहरुले एक अर्काविरुद्ध प्रजारबाजी गर्न पनि छाडेका छैनन् । यही बेला चीनले बुहानमा कोरोनाभाइरस देखा पर्नुमा अमेरिकी सेना जिम्मेवार भएको आशंका व्यक्त गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् । प्रवक्ता जाओ लिजियानले अंग्रेजीमा ट्वीट गर्दै लेखेका छन्, अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ? भन्दै झाओले उक्त महामारी ऊहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका छन् । पारदर्शी हुनुहोस्, आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस्, उनले लेखेका छन् । केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन । यी दुईको भनाइले कोरोनाभाइरस चीनसम्म आइपुग्नुमा अमेरिकाको भूमिका भएको दाबी गर्छ । चीनको विशाल जनसम्पर्क अभियानले बारम्बार यसमा अमेरिकाको हात भएको बताउँदै आएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

सूर्य ज्योति लाइफ १७औं वर्षमा

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार