free website hit counter

अमेरिकाले माग्यो भारतसँग मलेरियाको औषधी

beemaadmin
२०७६ चैत्र २३, आईतवार

एजेन्सी । कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकाले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधी कोरोनाभाइरस बिरामीको उपचारमा निकै प्रभावकारी हुन सक्ने भन्दै माग गरेको बुझिएको छ । यद्यपि, स्वास्थ्य विशेषज्ञले कोरोना संक्रमणको उपचारमा यो औषधी प्रभावकारी हुन्छ भनेर दाबी गर्न कुनै आधिकारिक रिपोर्ट नभएको बताउने गरेका छन् । भारतले संसारभरी यो औषधी निर्यात गर्दै आएको छ तर आजकाल यो औषधीको निर्यातमा रोक लगाइएको छ । यदि कोरोनाको संक्रमण तीब्र रुपमा फैलियो आफ्ना जनताका लागि नै यो औषधीको आवश्यकता पर्ने भारतले अनुमान गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार