free website hit counter

अमेरिकाविरुद्ध नेपालको सानदार जीत

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।

नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाए । झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए ।

नेपालविरुद्ध अमेरिकाका नोस्थुस केन्जीगेले २ विकेट लिएका थिए । यसअघि १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको थियो । अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशनले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८।४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो । नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो । यो शृङ्खलामा भने नेपालले २ खेलमा हार व्यहोर्दा २ खेलमा जीत हात पारेको छ । नेपाल ओमानसँगको दुवै खेलमा पराजित भयो भने अमेरिकाविरुद्धका दुवै खेलमा विजयी भयो ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार