free website hit counter

अमेरिका डब्ल्युएचओबाट बाहिरिन लागेको हो ?

beemaadmin
२०८१ माघ ८, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अलग गर्ने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। ओह, यो ठूलो कुरा हो, नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले भने। ह्वाइट हाउस फर्किएपछि उनले उक्त निर्णयमा फेरि हस्ताक्षर गरेका हुन्। यो उनले पदभार ग्रहण गरेको पहिलो दिन हस्ताक्षर गरेका धेरै कार्यकारी निर्णयहरूमध्ये एक हो। यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ। ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो। उनले कोभिड १९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए। तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए। उक्त आदेशमा अमेरिका डब्ल्यूएचओबाट बाहिरिन लागेको कारणहरूमा कोभिड १९ महामारी जुन चीनको वुहानबाट उत्पन्न भएको थियो, त्यसको असफल व्यवस्थापन, संस्थाले अत्यावश्यक सुधारहरू गर्न नसक्नु र डब्ल्यूएचओ सदस्य राष्ट्रहरूको अनुचित राजनीतिक प्रभावबाट स्वतन्त्र हुन असमर्थ रहेको उल्लेख छन्। कार्यकारी आदेशमा अमेरिका डब्ल्यूएचओलाई संयुक्त राष्ट्रसंघको एक भागका रूपमा ुअन्यायपूर्ण रुपमा धेरै रकम भुक्तानीु गर्न बाध्य भएकाले पनि यो निर्णय गरिएको उल्लेख छ।

सम्बन्धित समाचार