free website hit counter

अमेरिकी डलर अहिलेसम्मकै महंगो

beemaadmin
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको हो। बिहीबार पनि डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १४ पैसा पुगेको छ। बुधबार डलरको भाउ १३२ रुपैयाँ ७ पैसा थियो। बिहीबार एकैदिन १ रुपैयाँभन्दा धेरैले भाउ बढेको छ। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने भएको छ। अमेरिकी डलरको भाउ विगत करिब १० महिनादेखि नै लगातार बढ्दो क्रममा छ। गत फेब्रुअरीको सुरुवातमा ११९ रुपैयाँको हाराहारी रहेको अमेरिकी डलरको भाउ पछिल्लो दश महिनाको अवधिमानै करिब १४ रुपैयाँले बढेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।
पछिल्लो समय रुस र युक्रेनको युद्धको कारण अमेरिकी डलरको भाउ आकासिएको थियो। युद्ध चर्किदै जाँदा डलरको भाउले दैनिक नयाँ रेकर्ड बनाउदै आएको थियो भने फेडेरल रिजर्भले महंगी नियन्त्रणको लागि बढाएको ब्याजदरले पनि डलरको भाउ महँगिएको जानकारहरु बताउछन्। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति वृद्धि हुँदा डलरको माग बढेको छ। जसका कारण भाउ बढेको हो।
डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।

सम्बन्धित समाचार