free website hit counter

अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो

beemaadmin
२०८२ बैशाख २४, बुधबार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२८.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५ हजार ७९९.८८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ लाख रुपैयाँ मात्र रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ ४३ पैसा बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१।०९ गुणा रहेको छ। ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३६ करोड ७८ लाख रुपैयाँ छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार