free website hit counter

अर्को इन्स्योरेन्स कम्पनीको पनि आइपीओ आउनेभो

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

काठमाडौं । आईपीओ निष्काशन गर्न रिलायन्स लाइफले अनुमति पाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत आइपीओ जारी गर्न साउन १६ गते अनुमति पाएको हो। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित खदरमा ६३ लाख कित्ता अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

Advertisement
Advertisement

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। इक्राले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउने इक्राएनपी आईपीओ ग्रेड ४ प्रदान गरेको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार