free website hit counter

अर्घाखाँची समाज जापानको अध्यक्षमा पौडेल

beemaadmin
२०७६ पुष २०, आईतवार

टोकियो । अर्घाखाँची समाज जापानको तेश्रो अधिबेशनले बाबुराम पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । टोकियोमा जनवरी २ मा सम्पन्न दोश्रो अधिबेसनले पौडेललाई दुई वर्षको जिम्मेवगारी सुम्पिएको हो । अर्घाखाँचीको डिभर्नामा जन्मनुभएका पौडेल जापान प्रवेशसँगै समाजमा आवद्ध हुनुभएको थियो । २०१५ मा कार्यसमिती सदस्यमा प्रवेश गर्नुभएका पौडेल महासचिव हुँदै २०२०–०२२ का लागि अध्यक्ष बन्नुभएको हो । आफ्नो कार्यकालमा जापानमा छरिएर रहेका सबै अर्घाखाँचीबासीलाई एकताबद्ध बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अध्ययनका लागि जापान आएका जिल्लाबासी बिद्यार्थीलाई अध्ययनपश्चात् रोजगारीका लागि समेत पहल गर्ने बताउनुभएको थियो । पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा अयनबहादुर टण्डन, कृष्ण केसी, नेत्रप्रसाद पन्थी, महासचिबमा नारायण भुसाल, सचिवत्रयमा संगीता थापा, बाबुराम घिमिरे र कृष्णबहादुर आले चुनिएका छन् भने कोषाध्यक्षमा टोपबहादुर घर्ति मगर, सहकोषाध्यक्ष बासुदेब फुल्लेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्णबहादुर आले मगर, दिलबहादुर श्रेष्ठ, चेतन घर्ति मगर, चेतनारायण थापा, हरि गौतम, ध्रुब बञ्जाडे, अभिनाश जिसी, मुना जिसी टण्डन, राजकुमारी रायमाझी, शर्मिला फुल्लेल, कमला थापा केसी, केतकला आले चयन हुनुभएको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. श्रेष्ठले समाजले जिल्लाबासीका समस्यालाई मध्यनजर गरी समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, नेपाली ब्यबसायी संघ जापानका अध्यक्ष बिजय थकाली, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, समाजका संरक्षक ज्योतिष घर्ति मगर र नेत्र बिस्ट, डा. बिष्णु खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । समाजका उपाध्यक्ष कृष्ण केसीको स्वागत मन्तव्य, महासचिब नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाल गायक प्रेमप्रकाश टण्डन र अनेसास जापानका सचिव ध्रुव बञ्जाडेले गीत र साहित्यको माध्यमबाट उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार