free website hit counter

अर्जुन क्षेत्रीको यस्तो कर्तुत : भाग्य हेर्नेको नजर थैलितिर पुगेपछि…

beemaadmin
२०७७ असार २७, शनिबार

काठमाडौँ । अरुको भाग्य र भविष्य हेर्ने ज्योतिषले आफ्नै भाग्य र भविष्य नहेर्दा प्रहरीको फन्दामा पर्नु परेको छ । अख्तियारमा परेको उजुरी मिलाइ दिने भन्दै जग्गा व्यवसायीसँग ५० लाख असुल्ने दाउमा रहेको ज्योतिष अर्जुन थापा क्षेत्रीसहितको ९ जनाको समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा टेकुमा बुझाएको छ । काठमाडौँको बुढानीलकण्ठ–२ चपलीहाइटस्थित प्लटिङको जग्गाबारे अख्तियारमा उजुरी परेको र पाँच करोड दिए अनुसन्धान रोकिदिने भन्दै बार्गेनिङ गरेको थापा क्षेत्री सहितको समूहले ५० लाखमा कुरो मिलाएका थिए । उनीहरूको गतिविधिबारे शंका लागेपछि व्यवसायीले आयोगमा खबर गरिसकेका थिए । बिहीबार राति पैसा बुझाउन भनेका उनलाई भेट्न अख्तियार र महानगरीय अपराध महाशाखाको टोली ५० लाख रुपैयाँ बोकेर कपन पुगेको थियो । ५० लाख आउने भएपछि मक्ख परेका उनी तब छाँगाबाट खसेझैँ भए जब आफू पक्राउ परेको थाहा पाए । प्रारम्भिक सोधपुछकै क्रममा समूहमा ९ जनाअरु रहेको थाहा भयो र राति नै उनीहरू सबैलाई पक्राउ गरियो । पक्राउ पर्नेहरूमा विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। उनीहरूलाई गौरी घाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ। यी ९ जनाविरुद्ध आपराधिक लाभ लिन खोजी मोबाइलबाट पटक९पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत बताउने, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुसजस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाक धम्की देखाई बार्गेनिङ गर्नेलगायत उजुरी परेको अख्तियारले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार