free website hit counter

अर्थमन्त्रीको आज राजीनामा भोलि नियुक्ति

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं । राष्ट्रिय सभामा पुनः डा. युवराज खतिवडालाई लैजाने सहमति भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका उपचारका कारण सरकारले सिफारिश गरेको छैन । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने निर्णय पार्टीले गरे पनि अध्यक्ष केपी शर्मा ओलीले सो निर्णय अस्वीकार गरी आफूले डा. युवराजलाई बचन दिइसकेको बताउँदै खतिवडालाई नै सिफारिश गर्ने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो संसद कार्यकाल सकिएका कारण अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । भोलि नै फेरि उनलाई नियुक्ति गर्ने स्रोतको दाबी छ । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ने बताइएको छ । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

सम्बन्धित समाचार