free website hit counter

अर्थमन्त्रीको आज राजीनामा भोलि नियुक्ति

beemaadmin
२०७६ फाल्गुन २०, मंगलवार

काठमाडौं । राष्ट्रिय सभामा पुनः डा. युवराज खतिवडालाई लैजाने सहमति भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका उपचारका कारण सरकारले सिफारिश गरेको छैन । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने निर्णय पार्टीले गरे पनि अध्यक्ष केपी शर्मा ओलीले सो निर्णय अस्वीकार गरी आफूले डा. युवराजलाई बचन दिइसकेको बताउँदै खतिवडालाई नै सिफारिश गर्ने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो संसद कार्यकाल सकिएका कारण अर्थमन्त्री पदबाट राजीनामा दिएका हुन् । भोलि नै फेरि उनलाई नियुक्ति गर्ने स्रोतको दाबी छ । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्ने बताइएको छ । धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार