free website hit counter

अर्थमन्त्रीले बिदा लिँदै गर्दा प्रधानमन्त्रीले किन यसो भने…

beemaadmin
२०७७ भाद्र २०, शनिबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताले अर्थमन्त्रीलाई बिदाई गरेका छन् । पार्टीभित्र उनी बलियो अवस्थामा थिए भने अहिले अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले बिदा लिनु पर्ने थिएन ।

शुक्रबार मन्त्रिपरिषदको नियमित बैठक अर्थमन्त्री युवराज खतिवडाका लागि थियो। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा आफूले गरेका कामको बुँदा लेखेरै लगेका थिए। अर्थमन्त्री खतिवडाले आफूले विमश परिस्थितिमा अर्थमन्त्रालय सम्हालेको र आफ्नो कार्यकाल सफल भएको बताएका थिए।

बुँदागत रुपमा खतिवडाले आफूले गरेका राम्रो कामको विवरण पेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको प्रशंसामा झण्डै १० मिनेट बोलेका थिए। प्रधानमन्त्री ओलीले ‘डाक्टरसा’व तपाइँलाई खेदिरहेका वा तपाइँको विरोध गरेर देशको समृद्धि नचाहने तत्वले मेरो विरोध गर्न नसकेपछि तपाइँको विरोध गरेका हुन्’ भनेका थिए।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडाको प्रशंसा गर्दै उत्तेजित पनि भएका थिए। उनले पार्टीको आन्तरिक विवादतर्फ संकेत गर्दै खतिवडाको बाटो छेकेर मुलुकको समृद्धिमा अवरोध सृजना गरेको बताएका थिए। उनले उत्तेजित हुँदै मन्त्रिपरिषद पुनर्गठन हुने हल्ला चलाएको भन्दै मन्त्रिपरिषद पुनर्गठन नहुने भन्दै ढुक्कले काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार