free website hit counter

अलपत्र नागरिक लिन एयर चाइना काठमाडौं आउँदै

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

काठमाडौं । बुहानमा अलपत्र नेपाली लिन नेपाल एयरलाइन्स गए जस्तै नेपालमा रहेका चिनियाँ नागरिकलाई स्वदेश लैजान बुधबार एयर चाइनाको जहाज काठमाडौं आउने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्नेगरी एयर चाइनाको जहाज काठमाडौं आउन लागेको हो । बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्ने समेत आग्रह गरेको छ । चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । आफ्नो देश कोरोनाको त्रासबाट मुक्त हुँदै जाँदा चीनले विश्वभरबाट आफ्ना नागरिकलाई उद्धार गर्न लागेको हो । नेपालमा अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाइ धमाधम फिर्ता लगिरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार