free website hit counter

अलपत्र नेपाली कामदारले दिए दूतावासको गेटमै धर्ना

beemaadmin
२०७७ बैशाख २४, बुधबार

काठमाडौं । करोडौं रेमिट्यान्स भित्र्याउने लाखौं नेपाली युवा विदेशमा अलपत्र छन् । देश फर्किन प्रतिबन्ध लगाइएको छ । अलपत्र परेका युवाहरुलाई राहतको व्यवस्था सरकारले गर्न सकेको छैन । दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले मंगलबार यूएईस्थित नेपाली दूतावासमा धर्ना दिएका छन् । काम नपाएर अलपत्र परेको भन्दै उनीहरूले तुरुन्तै नेपाल फर्काउन माग गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक धर्नाका लागि पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । तर, कोठा भाडाको समयावधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरू दूतावास पुगेका हुन् । उनीहरू लगेज बोकेरै दूतावासमा पुगेका थिए । मासिक १५ सय दिराम कमाइ हुन्छ भनेर आठ महिनाअघि युएई गएका उनीहरूलाई कम्पनीले महिना मरेपछि एक सय ८ दिराम दिन थाल्यो । ६ महिनामा पनि तलबको समस्या समाधान नभएपछि उनीहरू एक महिनाअघिबाट नेपाल फर्किने प्रक्रियामा लागेका थिए । १० जना त फर्किए पनि । तर, त्यति नै बेला नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि अरू उतै रोकिए । उनीहरू धर्ना दिएपछि दूतावासमा वार्ता भएको थियो । दूतावासले उनीहरूलाई पुनः एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएको छ । उनीहरूलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरूलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध गर्ने प्रतिबद्धता दूतावासले गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार