free website hit counter

अलपत्र युवतीलाई ट्रकमा लगेर बलात्कार

beemaadmin
२०७७ श्रावण १७, शनिबार

रौतहट । महिला हिंसा तथा बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । अपराधीलाई कडा कानुनको अभावले बलात्कार जस्तो जघन्य अपराध बढिरहेको महिला अधिकारकर्मीहरुको दाबी छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटमा तीन जनालाई पक्राउ गरेको छ ।

रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुई जना सहचालकलाई पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन् ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् । बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार