free website hit counter

अलिबाबाको रेकर्ड सेल

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

आफ्नो प्लेटफर्ममा २ लाखभन्दा बढी नयाँ ब्राण्डहरु राख्दै एकै दिनमा धेरै सामान विक्रीको लक्ष्य स हित आएको चिनीयाँ ई–कमर्श कम्पनी अलीबाबाले एकैदिनमा ३८ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सामान विक्री गरेको दावी गरेको छ । यस्तै दिनको पर्खाइमा खरिदारीको लागि विश्वभरका उपभोक्ता रहने हुँदा अलिबाबाको ‘सिंगल्स डे’ को विक्री सुरु भएको ६८ सेकेन्डमा नै एक अर्ब अमेरिकी डलर बराबरको बिक्री भएको एक घण्टाभन्दा बढीको समयमा १४ अर्ब डलर विक्री कटेको बताइएको छ ।

अनलाईन सामान विक्रीको दुनियामा अलीबाबाले एकैदिनमा सबैभन्दा बढी सामान बिक्री गरेर नयाँ रेकर्ड समेत बनाउन सफल भएको छ । ११–११ नोभेम्बर ११ सोमबारमा गरिएको ‘सिंगल्स डे’ विक्रीमा नयाँ रेकर्ड कायम भएको हो ।
अधिल्लो बर्ष पनि यस्तै ‘सिंगल्स डे’ विक्री गरेको अलीबाबाको गत वर्षको तुलनामा २७ प्रतिशत झण्डै ८ अर्ब अमेरिकी डलरको बढी विक्री गरेको हो ।

विश्वमा प्रख्याती कमाएको अलीबाबाले ‘सिंगल्स डे’ मा गरेको रेकर्ड विक्रीले सो कम्पनीको ख्याती अझै बढेको छ भने सो कम्पनीले हङकङको शेयर बजारमा सूचीकृत हुनेगरी १५ अर्ब डलरको आईपीओ निष्कासन गर्ने भएको छ । एजेन्सी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार