free website hit counter

अवैध सम्बन्धले यता पनि जागिर चट्

beemaadmin
२०७६ कार्तिक १९, मंगलवार

महिलासँगको अवैध सम्बन्धले नेपालमा मात्रै होइन संसारलाई नै हल्लाउन गरेको छ । संसारको सबैभन्दा ठूलो फास्ट फूड चेन म्याकडोनल्डका प्रमुख कार्यकारी अधिकारी स्टिभ इस्टरब्रुक आफ्नै कर्मचारीसँग सम्बन्ध स्थापित गरेको भन्दै जागिरबाट निकालिएका छन् । कम्पनीका निर्देशक मण्डलका अनुसार ती सिइओले आफ्नी एक कर्मचारीसँँग आपसी सहमतीमा सम्बन्ध स्थापित गरेर गलत कदम उठाएका थिए ।
निर्देशक बोर्डले शुक्रबार इस्टरब्रुकलाई कम्पनीको नियमको उल्लंघन गरेकोमा दोषी पाए । कम्पनीका अनुसार इस्टरब्रुकको स्थानमा क्रिस केम्पजिन्स्कीले लिएका छन् जो म्याकडोनल्ड यूएसएका पूर्व अध्यक्ष हुन् । इस्टरब्रुकले कम्पनीका कर्मचारीका लागि एक ई–मेलमा कर्मचारीसँगको सम्बन्धलाई आफ्नो गल्ती बताएका छन् । उनले लेखेका छन्, कम्पनीको मूल्य मान्यतालाई हेर्दै बोर्डको निर्णयसँग म सहमत छु र अब मेरा लागि यसलाई छोडेर अघि बढ्ने समय आएको छ । इस्टरब्रुकका प्रवक्ता डिजीरी मूरले इस्टरब्रुक कम्पनीमा बिताएको आफ्नो समयका लागि निकै आभारी भएको बताउँछन् । उनले भने, उनले आफ्नो निर्णयमा आफ्नो गल्ती स्विकार गरेका छन् र कम्पनीको निर्णयको समर्थन गर्छन् । यद्यपि, कम्पनीले सिइओको जागिर लिने सम्बन्धबारे जानकारी दिन अस्विकार गरेको छ ।
सन्डे टाइम्सका अनुुसार यूके अपरेशन्सका पूर्व अध्यक्षसमेत रहेका इस्टरब्रुकको सम्बन्धविच्छेद भइसकेको छ । कम्पनीको कर्मचारीसँग सम्बन्धपछि निकालिएका सिइओको लामो सूचीमा अब इस्टरब्रुकको नाम पनि समावेश भएको छ । एजेन्सी

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार