free website hit counter

अवैध सम्बन्ध थाहा पाएपछि मध्य सडकमै….

beemaadmin
२०७७ पुष २५, शनिबार

एजेन्सी । श्रीमान बाहिर बाहिरै सल्किएको थाहा पाएपछि कुन चाहिँ श्रीमतीले बाँकी राख्लिन् र ? श्रीमानको अवैध सम्बन्ध श्रीमतीले थाहा पाएपछि यसको निकै भयानक परिणाम आएको छ ।

रुसको राजधानी मस्कोको सडकमा एक हाइप्रोफाइल डान्सरको बीच सडकमा हत्या गरिएको छ । ३० वर्षकी नतालिया प्रोनिनाको रुसका एक प्रतिष्ठित नेतासँग सम्बन्ध रहेको दावी गरिएको छ । उनले आफ्नो कोरियोग्राफी सेसन पूरा गरेर घर फर्किने क्रममा बाटोमा एक व्यक्तिले गोली हानेर उनको हत्या गरेका थिए । डेलीमेलको रिपोर्टअनुसार हत्या गर्ने व्यक्तिले मास्क र कालो चस्मा लगाएका थिए ।

हत्या गरेपछि ती व्यक्तिले घटनास्थलमा स्टल ग्रेनेड छोडेका थिए । ग्रेनेडका कारण त्यहाँ निकै तीब्र प्रकाश फैलिएर मानिसहरुले हेर्न नसक्ने भएका बेला उनी मौका पाएर भागेका थिए । पुलिसले उनको हत्या नेताकी श्रीमतीले गराएको हुन सक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ । नेताको नतालियासँग सम्बन्ध रहेको र यसबारे नेताकी श्रीमतीले थाहा पाएपछि नतालियालाई धम्की आउन सुरु भएको रिपोर्टमा जनाइएको छ ।

पुलिसले यी हत्यारा भाडाका हत्यारा रहेको र नतालियालाई मार्न उनलाई सुपारी दिइएको विश्वास गरेको छ । नतालियाका ३३ वर्षका ब्वाइफ्रेण्डले हत्या कसले गरेको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै घटनाको समय आफू जागिरको सिलसिलामा क्रिमियामा रहेको बताएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार