free website hit counter

अष्ट्रेलियामा पानीको हाहाकारसँगै १० हजार उँट मार्ने तयारी

beemaadmin
२०७६ पुष २८, सोमबार

अष्ट्रेलिया । प्रचण्ड गर्मी र आगलागीका कारण अष्ट्रेलियामा अहिले पानीको हाहाकार हुन पुगेको छ । पानीको हाहाकार मच्चिएपछि सरकारले १० हजार उँटलाई गोली हानेर मार्ने भएको छ । पछिल्लो समय अष्ट्रेलियामा फैलिएको आगलागी र त्यसबाट उत्पन्न सुख्खा मौसमका कारण पानीको हाहाकार मच्चिएपछि १० हजार उँटलाई मार्न लागिएको अन्तराष्ट्रिय सञ्चार एजेन्सीहरुले जनाएका छन् ।
पानीको हाहाकार हुँदा ऊँटहरुले धेरै पानी पिउन थालेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए। दक्षिण अष्ट्रेलियाको सुदूरपश्चिमको दुर्गम अत्यधिक जनसंख्या भएको पश्चिमी क्षेत्रका आदिवासीलाई पानीको संकट उत्पन्न हुन थालेपछि उँट मार्ने योजना बनाइएको बताइएको छ । उँटको संख्या नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिलेदेखि चलिआएको बताइन्छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार