free website hit counter

असहमतिकै बीचमा नेकपा स्थायी कमिटी बैठक बस्दै

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौं। विश्व समुदाय कोरोना कहरको संकटमा रहेको बेला पनि नेकपाभित्रको विवादले समान भेट्टाउन सकेको छैन । देश बाढी पहिरो र कोरोना कहरका कारण आक्रान्त बन्दा पनि सत्तारुढ नेकपाभित्र भने कुर्सीकै लडाइँ जारी छ । पाएकाले कुर्सी नछाड्ने, नपाउनेले कुर्सीका लागि मरिमेट्ने लिससिला जारी नै छ ।

पार्टीभित्रको विवाद निष्कर्षमा पुर्याउन भन्दै जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित गर्दासमेत दुई अध्यक्षबीच सहमति जुट्न नसकेपछि नेकपाभित्रको विवाद जटिल मोडमा पुगेको छ। यही विवादका बीच एक महिना अघि सुरु भएको स्थायी कमिटी बैठक आज बस्दैछ। असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद बढेको थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हट्न दबाव दिएपछि नेकपाभित्र विवाद सुरु भएको थियो। तर प्रधानमन्त्री ओलीले दुवै पटबाट हट्न अस्वीकार गरेपछि स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ। पछिल्लो समय नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन्। दुई अध्यक्षबीच सहमति नजुटेका कारण आज बस्ने भनिएको सचिवालय बैठक पनि अन्योलमा परेको एक नेताले जनाए। प्रधानमन्त्री ओली पक्षधर नेताहरुले सकेसम्म आज बोलाइएको बैठक टार्ने रणनीति बनाएको छ।

यद्यपी स्थायी कमिटी बैठकमा यसअघि दाहाल–नेपाल पक्षधर सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन्। अब बोल्न बाँकी सदस्यहरु प्रधानमन्त्री ओली निकट भएकाले बैठकमा प्रधानमन्त्रीलाई केही राहत हुने बताइएको छ। सोमबार दाहाल र नेपाल समूहको छलफलमा मंगलबारदेखि चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो । असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक सहमतिको लागि भन्दै पटकपटक स्थगित हुँदै आएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार