free website hit counter

असार १४ देखि बिक्री हुँदैछ शिखर इन्स्योरेन्सको हकप्रद

beemaadmin
२०७७ असार १२, शुक्रबार

काठमाडौं । असार १४ गतेदेखि चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर शिखर इन्स्योरेन्स कम्पनीले निष्काशन गर्ने भएको छ।
इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार