free website hit counter

असार २५ देखि खुल्दैछ अजोड इन्स्योरेन्सको आईपीओ

beemaadmin
२०७७ असार १७, बुधबार

काठमाडौं । शेयर बजार सुस्ताइरहेको बेला अजोड इन्स्योरेन्सले साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि बिक्रि खुला हुने भएको हो। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ भने त्यस अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
इन्स्योरेन्सको आईपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको आईपीओमा बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनपछि इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन्।

सम्बन्धित समाचार