free website hit counter

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार

श्रावण १ गते संक्रान्ति । ५ गते हरिशयनी एकादशी ।

मेष : प्रतिष्ठीत व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ । ठुला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । सहपाठी मित्रहरुको सुझाबबाट अधि बढिनेछ । आफुसँग भएका क्षमता प्रर्दशन गर्ने क्रममा मन मिल्ने साथीकोे मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरुले व्यवहारीक जिम्मेवारी दिलाउनेछन ।

वृष : उच्च ओहोदाका सरकारी कर्मचारीलाई रज्यस्तरका महत्वपुर्ण जिम्मेवारी हात लाग्दा थप चुनौति सामना गर्नु पर्नेछ । गरि आएका पुराना कामबाट व्ययको भार मिल्नेछ । वैदेशिक कार्यमा अघि नबढ्दा नै उपयुक्त हुनेछ । स्वास्थ एवं समयप्रति विशेष ध्यान दिनुहोला ।

मिथुन : सुमधुर पारिवारीक वातावरणले नयाँ कार्यको थालनीमा आर्कषक भइ श्री गणेशको लागी तिथी मिती तथ गरिनेछ । फजुल खर्च र आर्थिक संकट वृद्धि भै मानसिक तनावलाई हटाउन योगाभ्यास गरी मुक्त भइनेछ । साताको अन्त्यमा सवारी साधनप्रति लालायित भइनेछ ।


कर्कट : व्यपार र व्यवसायमा परेको व्यय भारले गर्दा मानसिक पिडा हुन सक्छ, धैर्य गर्न सके उन्नतीका मार्ग भेटिनेछ । विपक्षीको छल कपट र जाल झेलमा भने सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाई भने महसुस हुनेछन् । सप्ताहन्तमा परोपकार कार्यमा रुची बढनेछ ।

सिंह : मन पराउनेबाट आएका प्रस्ताव स्विकार्दा दुवैको कल्याण हुनेछ । तपाईलाइ प्रयोग गर्नेहरु भित्र भित्रै षड्यन्त्र गरि रहेका छन । यात्राको समय तालिकमा फेरबदल हुदाँ स्वास्थ बाधाले सताउन सक्छ । अवरोधहरु निर्मुल पार्न अभिभावकको प्रेरणादायक भुमिका हुनेछ । रात्रि समयमा यात्रा गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

कन्या : सहयोगिका प्रस्तावलाई स्वाीकार्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । मनोरञ्जन कार्यमा भाग लिदा स्वास्थको ख्याल गनु पर्ने हुन्छ । साधन चलाउँदा सावधानी अपनाउनु होला । साताको अन्त्यमा फजुल खर्चले सताउने छ ।


तुला : देखासिकी गर्नेहरु भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरु अवलम्बन गर्न सके चुनौति सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरु पहिचान गरी सफलता समेत हात पारिनेछ ।

वृश्चिक : सहयोगिका प्रस्तापहरुलाई स्वाीकार्दा फाइदा नै हुनेछ । टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरित लिङ्गी साथीलाई बचन दिदाँ संयम अपनाउनुहोला । नौला स्थानको भ्रमण गर्दा स्वास्थप्रति बिशेष ध्यान दिनुपर्नेछ ।

धनु : नयाँ अवसरसँगै सवारी साधन खरिद गर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरुले घेरा हाल्न सक्छन सकेसम्म उनीहरुबाट टाडै रहनुपर्नेछ । अर्कालाई सहयोग गर्न मन लालयित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ ।


मकर : गल्ती सच्याउनाले सामाजीक क्षेत्रमा महत्वपूर्ण भुमिकाको अवसर पुनः प्राप्त भइ टाडिएका साथीभाइहरु नजिकिनेछन । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । धन जोह नगर्दा आर्थिक संकटमा परिनेछ । सातको अन्त्यमा स्वास्थमा बिशेष ध्यान पुर्याउनुहोला ।

कुम्भ : प्रेमिकाको समर्थनले सञ्चालीत व्यवसाय उचाइ लिन थप धनको आवश्यक पर्नेछ । सामाजीक संध संस्थामा सेवा गर्दा सके सम्म कम बोल्नु आफनो हितमा हुन्छ । बाहिरी खानेकुरा खादाँ बिचार पुर्याउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसललाले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मीन : पारिवारीक भेटघाटले रमाइलो पूर्वक दिनहरु बित्नेछन । आफुले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी जग्गाजमिन खरीद गर्न आकर्षित भइनेछ । योजना भन्दा बढी खर्च हुनाले सहकर्मीबिच विवाद बढ्न सक्छ । घरायशी कामका बिषयमा भने रुची घट्नेछ ।

 

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार १५ देखि २२ गते सम्म ।

beemaadmin
२०७८ असार १५, मंगलवार