free website hit counter

असोज २४ मा निर्वाचन गर्ने आधिकारिक ट्रेड युनियनको प्रस्ताव

beemaadmin
२०७७ असार २, मंगलवार

काठमाडौं । आधिकारीक ट्रेड युनियनको वैद्यता १८ जेठबाट सकिए पनि अहिलेसम्म नयाँ नेतृत्व चयन हुन सकेको छ । गुटगत विवाद र पार्टी एकताका कारण देखिएको भद्रगोलका कारण त्यो संगठन लथालिंग अवस्थामा पुगेको हो । केपी ओली निकटस्थ पुण्य ढकाल र माधव नेपाल पक्षधर उपाध्यक्ष भोला पोखरेलहरुको लफडामा पर्दा आधिकारिक ट्रेड युनियनको अस्तित्व नै नरहने अबस्थामा पुगेको छ । चार बर्ष अघि अर्थात ०७२ साल १९ जेठमा स्थापना भएको यो संस्थाको न त मिति थपिएको छ । न त नयाँ निर्वाचन नै गरिहाल्नसक्ने अबस्था छ । संस्थाको निर्वाचन पनि हुन नसक्ने र सरकारले समेत म्याद थप नगरेको कारण सिबिएको वैद्यतामाथि नै प्रश्न चिन्ह उठेको छ । सविएको विधानमा विशेष परिस्थितिमा श्रम विभागले एक वर्षको म्याद थप्नसक्ने व्यवस्था छ । कानुन र सामान्य मन्त्रालयबाट हालको अवस्थामा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद श्रम विभागले थप्नसक्ने राय गएको छ । कार्यकाल एक साता बाँकी रहँदा पुण्य ढकालले भोलाका लागि कार्यबहाक पद छाडिदिए । अहिले भोला धमाधम बधाई तथा शुभकामना थाप्दैछन् ।
अहिले सिंगो मुलुक नै कोरोनाको कहरमा छ । यस्तो अवस्थामा आधिकारिक ट्रेड युनियनले आगामी निर्वाचनको लागि असोज २४ गतेलाई प्रस्ताव गरेको छ । निर्वाचनका लागि कम्तिमा १५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार