free website hit counter

अस्ट्रेलियामा ३७ जनाको मृत्यु

beemaadmin
२०७६ चैत्र २४, सोमबार

एजेन्सी । विश्वलाई नै महामारीमा धकेलेको कोरोनाका कारण झण्डै ७० हजार मानिसले संसार छाड्नु परिसकेको छ । कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार ३९८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ९१ जनाको अवस्था गम्भीर छ ।
अस्ट्रेलियामा वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । २०० मा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार