free website hit counter

अस्पताललाई संक्रमणरहित बनाउन विज्ञकाे सुझाव

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन | प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् | २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् | त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन | उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो | त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो |
.
यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने –
.
१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ | शिक्षण अस्पतालबाट सरेको भए सरेको ८- १० दिनमै मृत्यु हुने थिएन | सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन | सामान्यतया संक्रमण भएको ३ – ६ हप्तामा मृत्यु हुन्छ | उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ |
२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो |
३. गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ | यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो |
४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ | सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ | यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन |
५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ |
.
मृतक बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार