free website hit counter

आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद जारी गर्ने

beemaadmin
२०८१ श्रावण ९, बुधबार

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी साउन २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१।५ अनुपातमा रु।१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्। यो हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ १६ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत साउन १ गते बुक क्लोज गरेको थियो। यसर्थ असार ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते स्वीकृति पाएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार