free website hit counter

आइएमई जनरलमा अभिकर्ता तालिम हुँदै

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौं । बीमा कम्पनीको संख्या बढेसँगै बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव देखिएको बेला जनशक्ति उत्पादनका लागि नियामक निकाय बीमा समिति लगायत बीमा कम्पनीहरुले विभिन्न तालिमको व्यवस्था गरिरहेका छन् ।
यसै सिलसिलामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । निर्जीवन बीमा कम्पनीमा अभिकर्ता भई काम गर्न चाहाने युवाहरुलाई लक्षित गरेर यस्तो तालिमको व्यवस्था गरिएको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले कात्तिक १८ गतेसम्म निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कात्तिक २० गतेदेखि कात्तिक २२ गतेसम्म आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा संचालन हुने तालिममा सहभागी हुन रु ५ सय तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
आवेदकले तालिममा सहभागी हुनलाई न्युनतम एसएलसी पास हुनुपर्ने छ । आवेदकले आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर पेश गर्नुपर्ने छ ।

सम्बन्धित समाचार