free website hit counter

आइएमई जनरल इन्स्योरेन्सको सिइओमा बादे निरन्तर

beemaadmin
२०७९ श्रावण २३, सोमबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकोसंचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिमप्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ मिति२०७९÷०४÷२३गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागिपुनः नियुक्त हुनु भएको छ । श्री श्रेष्ठ २७बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सलेउल्लेख्य प्रगतीहासिल गर्नसफल भएको छ ।


सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष श्री हेमराज ढकालज्यूलेकम्पनीकोप्रमुख कार्यकारी अधिकृतश्री युगेशभक्त बादे श्रेष्ठदोश्रो कार्यकालको लागि पुनःनियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

Advertisement
Advertisement

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, श्री बीमा समिति, कम्पनीको संचालक समितिकाअध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरतसमस्त सहकर्मीसाथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई सधन्यवाद व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement

 

सम्बन्धित समाचार