free website hit counter

आइएमई पेको पैसासँगै हातमा बोनस

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धधित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना २२ फ्रेबुअरी देखि २२ अगस्ट २०२० (छ महिना) सम्म लागु गरिएको छ ।
यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने सेवाग्राहीहरुले ३ पटकसम्म निःशुल्क सेवाशुल्कमा पैसा पठाउन सक्नेछन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आइएमई पे’ डाउनलोड गरेको हुनुपर्दछ । जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर ९फोन नम्बर० प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

सम्बन्धित समाचार