free website hit counter

आइएमई लाइफको अभिकर्ता तालिम सम्पन्न

beemaadmin
२०८१ बैशाख १७, सोमबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुर्गीया शाखाले रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको ब्यवसायिक सिप विकासका लागि उक्त तालिम प्रदान गरेको हो । मानिसको जीवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग र मृत्युको जोखि बहन गर्नका लागि जीवन बीमा योजनाको आवश्यक्ता र यसको प्रभावकारीताबारे तालिममा सिकाईएको थियो । साथै कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने ब्यवसायिक सुविधाहरु समेत बताईएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार